नागरिकमा आशा जगाउने सरकारको उद्देश्य हो : मन्त्री भण्डारी

काठमाडौँ, १९ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निराशालाई चिर्दै नागरिकमा आशा जगाउने सरकारको उद्देश्य भएको बताउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री भण्डारीले भन्नुभयो, “यो कानुन आजको आवश्यकता हो…