सञ्चारमाध्यमलाई जनताको आवाज सरकारसमक्ष पुर्याउने माध्यमका रूपमा विकास गर्न आवश्यक : मन्त्री शर्मा

काठमाडौँ, २० चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सार्वजनिक प्रसारण क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताएकी छिन् । आज सिंहदरबारमा रेडियो नेपालको ७४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपाल टेलिभिजन र रेडियो नेपाल एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणको रूपमा विकास गर्न सार्वजनिक सेवा प्रसारण…