काठमाडौँ, २ चैत । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद किराँतीले सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताए । उनले भने, ‘मर्ने मान्छे मरिहाल्छ, जहाँ घाइते भएको छ, एउटा परिवारमा एकजना मान्छे जीवनभरी घाइते…