काठमाडौँ, १३ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार बोआओ फोरममा सहभागी हुन पौडेल आज चीन प्रस्थान गरेका हुन् । बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म आयोजना हुँदैछ । यसमा नेपाल सरकारको तर्फबाट चीनका लागि नेपाली राजदूत सहभागी हुने कार्यक्रम छ…