काठमाडौँ, ८ चैत । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रतिनिधिसभाका सांसद, कांग्रेस केन्द्रीय सदस्य तथा उद्यमी विनोद चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । सांसद पक्राउ परेमा सभाका अध्यक्षलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था भए पनि सीआईबीले अनुसन्धान भइरहेको विषयमा नै पत्र लेखेको…