काठमाडौँ, ९ चैत । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले आगामी चार महिनाभित्र पाँच सय मेगावट विद्युत् उत्पादन हुने दाबी गरेका छन् । आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ऊर्जामन्त्री बस्नेतले संघीयता र गणतन्त्र आएपछि देशमा केही पनि राम्रो कामै भएन भन्ने आम मानसिकतालाई चिर्नुपर्ने बताए । यो व्यवस्था आएपछि नै ऊर्जा क्षेत्रमा तुलनात्मक रूपमा बढी विकास भएको…