काठमाडौँ, ८ फागुन । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाललाई हिन्दुराष्ट्र बनाउने अभियानमा हस्ताक्षर गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानमा महासमिति सदस्यहरूको हस्ताक्षर संकलन केन्द्रमा पुगेर कोइरालाले मंगलबार हस्ताक्षर गरेका हुन् । ललितपुरको गोदावरीस्थित सो संकलन केन्द्रमा रहेका कांग्रेस काठमाडौँका महाधिवेशन प्रतिनिधि दिवस ढुंगेलका अनुसार अहिलेसम्म…