कांग्रेस महासमितिमा ‘गठबन्धन’को गलपासो

काठमाडौँ, ८ फागुन । कांग्रेसभित्र चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा चर्केको अन्तरद्वन्द्व सत्ता गठबन्धनकै गलपासोका रूपमा देखिएको छ । महामन्त्री गगन थापाले अबको चुनावमा गठबन्धन गर्न नहुने प्रस्ताव मंगलबारको महासमिति बैठकमा लैजाने अडान लिएपछि सभापति शेरबहादुर देउवा सशंकित बन्न पुगेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माका अनुसार पार्टी पदाधिकारी र पूर्वपदाधिकारीबीच सोमबार राति भएको छलफलमा…