राजनीति : ‘सत्तासँग नजिक, जनतासँग टाढा’

काठमाडौँ, १८ फागुन । चार महिनायताको करिब ७ अर्ब रकम पाउन नसक्दा देशभरका दूध उत्पादक किसान बिचल्लीमा परेका छन् । मिटरब्याजी र लघुवित्तका पीडितहरू राजधानीको सडकमा आन्दोलनरत छन् । आर्थिक शिथिलता, युवाको विदेश पलायन चिन्ताजनक छ । रुस र युक्रेनको युद्धमा नेपालीहरूको ज्यान जानेक्रम बढ्दो छ । संघीय संरचनामाथि नै सदन र सडकबाट प्रश्न उठ्न थालेका छन् । संघले अधिकार नदिँदा…