पार्टीको कार्यविभाजनमा उपमहासचिव शर्माको असहमति

काठमाडौँ, १६ फागुन । नेकपा (माओवादी केन्द्र)ले गरेको कार्यविभाजनमा उपमहासचिव जनार्दन शर्माले असहमति व्यक्त गरेका छन् । आज केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले नेताहरूको कार्यविभाजन गरेको थियो । सो बैठकमा उपमहासचिव शर्माले कार्यविभाजनप्रति आफ्नो असहमति राखेका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, "मैले आफ्नो तर्फबाट निर्णयहरूमा केही असहमतिहरू दर्ज गरेको छु…