काठमाडौँ, १५ फागुन । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाविरुद्ध न्याय परिषद्मा उजुरी दर्ता भएको छ । न्यायाधीश खतिवडाले कस्तुरी विना तस्करीमा संलग्न कोरियाका नागरिक जंग जुन जुनलाई दोषी ठहर गरेर पनि जरिमानामा उन्मुक्ति दिएको भन्दै कारबाहीको माग गर्दै परिषद्मा उजुरी परेको हो । खतिवडाविरुद्ध भ्रष्ट्राचारविरुद्ध साझा मञ्चका अध्यक्ष विश्वनीति प्रकाशमान सिंह पाख्रिनले उजुरी दिएका हुन्…