काठमाडौँ, २४ माघ । पछिल्ला महिनामा रेमिट्यान्स आप्रवाहमा भएको निरन्तर वृद्धिसँगै अर्थतन्त्रका बाह्य सूचक झनै बलियो बन्दै गएका छन् । रेमिट्यान्स २५.८ प्रतिशतले बढेपछि विदेशी विनिमय (मुद्रा) सञ्चितिले कीर्तिमान बनाएको छ । जसअनुसार गत पुससम्म कुल विदेशी मुद्रा सञ्चिति १८ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६…