सभामुख घिमिरेद्वारा संसद् भवनको अवलोकन

काठमाडौँ, २१ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को हिउँदे अधिवेशन सुरु हुनु पूर्व संसद् भवनको अवलोकन गरेका छन् । आज दिउँसो नयाँ बानेश्वरस्थित संसदमा भवनमा पुगेर उनले भौतिक तथा प्राविधिक व्यवस्थापनबारे अवलोकन गरेका हुन् । सभामुखसँगै सङ्घीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेय लगायतका संसद् सचिवालयका कर्मचारी संसद् भवन पुगेका छन् । संसद् सचिवालयका कर्मचारीहरूले…