काठमाडौँ, १५ माघ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी संख्या १९९ रहने भएको छ । केन्द्रीय परिषद्को बैठकले विधानमा केन्द्रीय सदस्य १९९ बनाउने निर्णय गरेको हो । हाल २४ पदाधिकारीसहित ३५१ सदस्यीय रहेको केन्द्रीय कमिटी छ । विधान संशोधन गरी १७५ बनाइने प्रस्ताव पेस भए पनि परिषद्को बैठकले १९९ सदस्यीय बनाउने निर्णय गरेको हो । …