काठमाडौँ, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान महामन्त्री मुकुल ढकालले देश बाढीपहिरोको संकटमा भएका बेला गृहमन्त्री रवि लामिछानेले उचित संवेदनशीलता देखाउन नसकेको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले रास्वपाका तर्फबाट सरकारमा नेतृत्व गरेका लामिछाने पदीय जिम्मेवारी अनुरुप काम गर्न नसकेको बताए । उनले भने, “देशमा बाढीपहिरोको संकट छ । राष्ट्रिय स्वतन्त्र…