काठमाडौँ, २३ असार । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्वाल पारिसकेको डुंगामा बसेर कता जाँदै हो भन्ने प्रश्न गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै भट्टराईले अल्पमतमा परिसकेको प्रधानमन्त्रीले केका लागि असार २८ गते विश्वास मत लिने भन्ने प्रश्न पनि गरे ।…