काठमाडौँ, ५ माघ । प्रतिनिधिसभामा ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक’ अगाडि बढाउने सांसदको खोजी भएको छ । सरकारले संघीय संसदको अधिवेशन बोलाउने तयारी गरेसँगै मर्यादासम्बन्धी विधेयक प्रस्तुतकर्ता सांसदहरु प्रतिनिधि सभामा विधेयक अगाडि बढाउने सांसदको खोजीमा लागेका हुन् । तर अहिलेसम्म विधेयक अगाडि बढाउने सांसद भेटिएका छैनन् । ‘पार्टीहरुमा छलफल गरिरहेका छौं’ राष्ट्रियसभा एक सदस्य भन्छन्, ‘तर अहिलेसम्म…