काठमाडौँ, २० पौष । सत्ता र प्रमुख प्रतिपक्षबीचको ‘लक्ष्मणरेखा’ नाघ्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने १९ सिटमा एमालेलाई समेत भागबन्डा छुट्याउन तयार भएपछि त्यसले सत्ता गठबन्धनभित्रै संशय पैदा गराएको छ । राष्ट्रिय सभा सदस्यमा भागबन्डा दिने गरी दाहाल र देउवाले ल्याएको प्रस्तावलाई गठबन्धनकै दुई दल एकीकृत समाजवादी र…