म्याग्दी, १० माघ । पूर्वशिक्षा मन्त्री महावीर पुनले अरुलाई धोका दिनभन्दा पनि नदिनका लागि सरकार छाडेको बताएका छन् । मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका पुनले आज चौतारोमा पत्रकार सम्मेलन गर्दै ‘धोकेबाज’ र ‘भगौडा’ भनेर लागेको आरोपमा स्पष्टीकरण दिए । सरकारमा बसेर काम गर्न नसकिएकाले मन्त्री पद छाडेको उनको भनाइ थियो…