परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौँ, ३१ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान गरेका छन् । आज परराष्ट्रमन्त्री खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चारदिने भ्रमणमा बेइजिङतर्फ प्रस्थान गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन् । साथै उनले…