प्रविधिको अधिकतम प्रयोग गरेर करदातालाई सहज बनाउनुपर्छः सचेतक बराल

काठमाडौँ, ६ असार । नेकपा (एमाले)को प्रतिनिधिसभाका सचेतक सुनिता बरालले २१औं शताव्दीको माग, चाहना र आवश्यकता अनुसार प्रविधिको अधिकतम प्रयोग गरी राजश्व संकलनमा करदातालाई सहज बनाउनुपर्नेमा जोड दिनुभएको छ । आजको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सचेतक बरालले सरकारले राजश्व उठेन भनेर चिन्ता लिइरहेको समयमा करदाता भने राजश्व तिर्नेकै लागि लामो लाईनमा बस्नु परिरहेको बताउनुभयो ।…