काठमाडौँ, १९ पौष । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सम्पन्न भएको छ । आजबिहीबार काठमाडौँको होटल याक एण्ड यतीमा भएको बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले गर्नुभएको थियो । बैठकमा दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्ध, व्यापार कनेक्टिभिटी र राजनीतिक सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्रमन्त्री साउदले जानकारी दिनुभयो ।…