चुनावको बेलामा आउने मौसमी पार्टीहरु हराए: महेश बस्नेत

भक्तपुर, ११ पौष । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं. ७ घ्याम्पेडाँडामा आज खानेपानी ट्याङ्कीको शिलान्यास गर्नुभएको छ । महालक्ष्मी नगरपालिकाको लाकुरी भञ्ज्याङमा डिपबोरिङ गर्ने र घ्याम्पेडाँडामा तीन लाख लिटरको खानेपानी ट्याङ्की निर्माण गर्न शुभारम्भ गरिएको हो । उक्त ट्याङ्की निर्माणको लागि वागमती प्रदेश खानेपानी तथा सरसफाई डिभिजन कार्यालय…