सरकारले आमसञ्चार क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको छ : मन्त्री शर्मा

काठमाडौँ, १७ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आमसञ्चार क्षेत्रको पुनः संरचना गर्ने प्रयास गरिरहेको बताएकी छन् । आज नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सवमा मन्त्री शर्माले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रशारणको रूपमा विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधिसभाको विषयगत समितिमा छलफल भइरहेको…