जेन–जी आन्दोलनपछि सरकारले पाएको तीनवटा म्यान्डेटअनुसार कामहरू भइरहेको छ: मन्त्री खरेल

काठमाडौँ, ३ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी आन्दोलनपछि सरकारले पाएको तीनवटा म्यान्डेटअनुसार कामहरू भइरहेको बताउँदै भ्रष्टाचार नियन्त्रण, सुशासन र निर्वाचनका काम भइरहेको बताएका छन् । बिहीवार काठमाडौँमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतका दिनहरूमा प्रभाव र दबाबका कारण मुद्दाहरू अगाडि बढ्न…