काठमाडौँ, १६ जेठ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले हिमालहरूको संरक्षणमा आवश्यक पहलकदमी हुन नसकेको बताएका छन् । आज काठमाडौँमा आयोजित ७१औँ सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको उल्लेख गर्दै अहिले हिमनदीहरु क्रमशः सुक्ने, हिमाल कालो हुँदै जाने गरेको बताए । आरोहणलाई नियमन गर्न जरुरी रहेको उनको भनाइ…