कांग्रेस कार्यसम्पादन समितिको बैठक सर्‍यो 

काठमाडौँ, २१ पौष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको हो ।  पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।  बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार छनोटका विषयमा छलफल हुने बताइएको छ ।