प्रधानमन्त्रीद्वारा त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द गर्न निर्देशन

काठमाडौँ, २० पौष । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्ति प्रक्रियाका लागि आह्वान भएको विज्ञापन रद्द गर्न निर्देशन दिएका छन् ।  आज दिउँसो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीले आफ्नो कार्यकक्षमा बोलाएर उक्त विज्ञापन रद्द गर्दै  सच्याएर नयाँ सूचना जारी गर्न निर्देशन दिएका हुन्…