कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको कदम सफल भएको बताएका छन् । गगन थापालाई सभापतिका रुपमा सबैले स्वीकार गरेको भन्दै सामाजिक सञ्जालमा सक्रिय नेता भण्डारीले यस्तो बताएका हुन् । उनले सबै नेता एउटा चुनाव चिह्नमा निर्वाचनमा जान तयार हुनु ठुलो उपलब्धि भएको उल्लेख गरेका छन् । नेता भण्डारीले पार्टीको एकता,…