पर्वले समावेशिताका आधारभूत मूल्यलाई अझ सुदृढ बनाउन सहयोग पुर्‍याउनेछ: उपराष्ट्रपति यादव

काठमाडौँ, ५ माघ ।  उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोनाम ल्होसार जस्ता पर्वले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका आधारभूत मूल्यहरूलाई अझ सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । सोनाम ल्होसार २०८२ को अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त…