काठमाडौँ, ११ मंसिर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले यथास्थितिवादीहरूको भ्रमबाट मुक्त भई सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि बढ्न अपिल गरेका छन् । अध्यक्ष वैद्यले सोमबार प्रेस वक्तव्य जारी गर्दै यतिबेला देश भयावह अवस्थाबाट गुज्रिरहेको तथा जनता वर्तमान व्यवस्थाको विकल्पको खोजीमा रहेको जनाएका हुन् । ‘नयाँ दलालहरू सत्ता र व्यवस्था होइन…