नागरिक मञ्च खुम्च्याउन  निषेधित क्षेत्रको दायरा बढाइँदै

काठमाडौँ, ६ पौष । शान्तिपूर्ण रूपमा भेला भएर विरोध/प्रदर्शन, धर्नालगायत कार्यक्रम गर्न पाउने नागरिकका संविधानप्रदत्त अधिकार कुण्ठित हुने गरी सरकारले निषेधित क्षेत्रको दायरा बढाउँदै लगेको छ । दुई फरक समूहले एकै ठाउँमा प्रदर्शन गर्ने तयारी गरेपछि एक महिनाअघि माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुको सट्टा सरकारले मिति बढाएर लगभग राजधानीलाई नै थप दुई महिनाका लागि निषेधित क्षेत्र बनाएको छ ।…