काठमाडौँ, १ पौष । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । आयोगको आइतबार बसेको बैठकले निर्वाचनकालागि दर्ता हुन आएका दलहरुलाई क्रम निर्धारण गरी निर्वाचन चिन्ह प्रदान गरेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसपटक १२ राजनीतिक दलले दर्ता गराएका छन् । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण…