एजेन्सी, १६ असोज । भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् । चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ । उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्रहरी अधिकारीहरुको भनाई छ । प्रहरीले हमलाको सूचना पाएको बताए पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ…