ट्रम्प र नेतान्याहूले गाजाको शान्ति योजनामा जनाए सहमति

काठमाडौँ, १४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाका निम्ति नयाँ शान्ति योजनामा सहमति जनाएका छन् । यसलाई स्वीकार गर्न उनीहरूले हमासलाई दबाब दिएका छन् । यो योजनामा सैन्य कारबाही तत्काल समाप्त गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावानुसार, हमासले हिरासतमा रहेका सयौँ गाजावासीको बदलामा जीवित रहेका २० इजरायली बन्धक रिहा गर्नुपर्नेछ…