इन्डोनेसियामा बाढीले ७३ को मृत्यु, ६० जना वेपत्ता

एजेन्सी, ४ चैत । इन्डोनेसियामा आएको बाढीले कम्तीमा ७३ जनाको मृत्यु भएको छ भने ६० जना बेपत्ता भएका छन् । पूर्वी प्रान्त पपुआमा शनिबार साँझबाट सुरु भएको भीषण वर्षाले बाढी आएको र कैयन हताहत भएको बीबीसीले जनाएको छ । रोएटर्सले सेन्तानीमा मात्रै कम्तीमा ५१ जनाको ज्यान गएको जनाएको छ । बाढीले प्रान्तीय राजधानी जयपुरामै ७…