उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण

एजेन्सी, ६ वैशाख । उत्तर कोरियाले गएको बुधबार नयाँ सामरिक महत्वको सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियार परीक्षण गरेको छ । उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार उत्तर कोरियाली नेता किम जोङ–अनले बुधबार नयाँ हतियारको परीक्षण कार्यको निरीक्षण गरेको जनाएको छ । उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोईमा…