दमास्कस सिरिया, १३ असार । इश्लामिक स्टेट आइएस समूहको नियन्त्रणमा रहेको जेलमा अमेरिका नेतृत्वको हवाइ आक्रमण हुँदा कम्तिमा ५७ जना कैदी तथा कैदीको सुरक्षार्थ खटिएका गार्डको मृत्यु भएको सिरिया द्वन्द्वको अनुगमन गर्न खटिएको समूहले मङ्गलबार जनाएको छ । सिरियाको पूर्वी प्रान्त देर अल जोरको मायादिन शहरलाई लक्षित गरीे आक्रमण भएको सिरियाली मानव अधिकार अनुगमनकारी संस्था…