हमासका नेता फुकाहाको हत्याका आरोपित पक्राउ

गाजा, २९ वैशाख । हमासका वरिष्ठ कमान्डर माजेन फुकाहाको हत्यामा संलग्न भएको आरोपमा एक व्यक्ति पक्राउ भएको इस्लामिक हमास आन्दोलनका नवनिर्वाचित प्रमुख इस्माइल हानियाले बिहीबार बताएकाछन । गाजा सहरमा भएको प्रेस सम्मेलनमा हमास नेता हानियाले फक्राउ परेका व्यक्तिले आफूले हत्या अपराध गरेको स्वीकार गरेको बताए । “फुकाहाको हत्याका लागि इजरायलले निर्देशन दिएको अनुसन्धानका क्रममा खुलेको…