काठमाडौँ, १५ मंसिर । दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण भने पहिचान भएको छैन। बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् ।…