बेइजिङ, ५ असोज । उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शुक्रबार ६ वटा नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ । उक्त उपग्रहहरू ‘जिलिन–१ कुआन्फु ०२बी ०१–०६’ लङ मार्च–२ डी क्यारियर रकेटमा प्रक्षेपण गरिएको छ । उपग्रहहरू सफलतापूर्वक पूर्वनिर्धारित कक्षमा प्रवेश गरेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । ‘जिलिन–१’ चीनको पहिलो स्व–विकसित व्यावसायिक रिमोट सेन्सिङ…