ट्रपको घरमा एफबीआईको छापा

एजेन्सी, २४ साउन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडास्थित आफ्नो घरमा संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले छापा मारेको बताएका छन् । ट्रम्पले वक्तव्य जारी गर्दै पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रहेको घर एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको जनाएका छन् । आधिकारिक कागजपत्रहरूको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको जनाइएको छ । गएको वर्ष अमेरिकी संसद् भवनमा…