एजेन्सी, ९ पौष । बाङ्ग्लादेशमा एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । त्यहाँको सुगन्धा नदीमा शुक्रवार सखारै उक्त डुङ्गामा आगलागी शुरू भएको थियो । आगलागीको कारण स्पष्ट हुन सकेको छैन । घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तीमा ३६ वटा शव फेला पारिएको बीबीसीले जनाएको छ…