काठमाडौँ, १३ फागुन । दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले चार जनालाई काठमाडौँको कपन खरिबोट एरियाबाट पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले बन्यजन्तुको चोरी शिकारी छाला बिक्रीवितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाको सिन्धुली तिनपाटन गाउँपालिका–४ बालाजोर घर भई हाल काठमाडौँको कपन पैयुटार बस्ने ३९ वर्षीय सुर्य बहादुर भुजेल, धादिङको धुनिबेसी नगरपालिका–७ झाप्रे घर भई हाल ललितपुरको ढोलाहिटी बस्ने ४० वर्षीय सुक बहादुर लामा, काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–१३ कपन बस्ने ४० वर्षीया कमला तामाङ र कास्कीको मादी गाउँपालिका–८ तारकाङ घर भई हाल काठमाडौँको गौशला बस्ने ३७ वर्षीय युबराज सापकोटालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्