समाचार

आजको राशिफल



आज २०७७ साल जेठ २ गते शुक्रबार, ज्येष्ठ कृष्ण पक्ष अष्टमी, अन्तर्राष्ट्रिय परिवार दिवस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज शुभकार्यको चर्चा चल्नेछ । छोटो पैदल यात्राको योग रहेको छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक कार्य अघी बढ्ला । काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्छ, तर वैदेशिक क्षेत्र सबल रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

स्वादिष्ट भोजन पाईनेछ । शुभ समाचार सुन्न पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । व्यापार व्यवसायमा भने लाभ नहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज स्वादिष्ट खानापिन मिल्ला । विश्वास गरेकाले साथ दिनेछन् । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफल भइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

तिर्थाटनको योगछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नयाँ कामको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । गरेको कार्यमा सफलता पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सरकारी निकाएको भय रहला । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ ।

साभारः हाम्रो पात्रोबाट