काठमाडौँ, २ कार्तिक । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेबिना देशको विकास र सम्वृद्धि सम्भव नभएको बताएका छन् ।
आज नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठगन रुपन्देही क्षेत्र २ ले आयोजना गरेको भेला तथा निर्वाचन परिचालनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सडक, सिंचाइ, शिक्षा, स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीलाई समेत ध्यानमा राखेर एमालेले गरेको काम जनताले बुझेकाले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताए ।
उनले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र रुपन्देही र आसपासका क्षेत्रलाई विकासको रोलमोडल बनाउने गरी ड्रिम प्रोजेक्ट अगाडि सारेको भन्दै ती प्रोजेक्टहरु अहिले कार्यान्वयन हुने चरणमा पुगेको बताए । उनले एमालेका सरकारले अघि सारेका योजनालाई सार्थक रुप दिन आगामी निर्वाचनमा एमालेले फराकिलो मतान्तरले जितेर सरकार बनाउनुपर्नेमा जोड दिए ।










प्रतिक्रिया दिनुहोस्