Banner News

सन्दीपविरुद्ध अभियोगपत्र दर्ता, १०-१२ वर्षसम्म कैद सजाय माग



काठमाडौँ, १४ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीपलामेछानेविरुद्ध जबर्जस्ती करणीको अभियोगपत्र दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।

सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले सोमबार काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणीको अभियोगपत्र दायर गरिएको जानकारी दिए । उपाध्यायका अनुसार अनुसन्धानपछि, सन्दीपलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) को कसुरको अभियोग लगाइएको हो ।

सन्दिपलाई दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखी १२ वर्षसम्मको कैद माग गरिएको छ भने पीडितलाई उचित क्षेतिपूर्ति दिलाउन माग गरिएको छ । मुद्दा दायरसँगै मंगलबारलाई थुनछेकका लागि पेसी तोकिएको छ । सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने, तारेखमा छाड्ने वा धरौटमा छाड्ने भन्ने विषयमा मंगलबार बहसपछि अदालतबाट आदेश हुनेछ ।