काठमाडौँ, १ मंसिर । निर्वाचन आयोगले मंसिर ४ गतेको निर्वाचनको सम्पूर्ण मतपरिणाम मंसिर २२ गतेसम्म आइसक्ने दाबी गरेको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै आयोगले मंसिर २२ सम्म मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने बताएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको तीन दिनभित्र प्रत्यक्षतर्फको मतगणना सक्ने योजना रहेको बताए ।
प्रत्यक्षतर्फको मतगाणना सकिएको ५ दिनपछि समानुपातिक मत गणना सक्ने योजना रहेको थपलियाको भनाई रहेको थियो । शान्तिपूर्ण र निष्पक्ष रुपमा चुनाव गराउन आयोग प्रतिवद्ध रहेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले गडबड देखिएका क्षेत्रमा हवाई गस्तीसमेत गरिने बताए ।










प्रतिक्रिया दिनुहोस्