झापा, १० मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट आएको मत परिणामले सहज रुपमा सरकार गठन हुने अवस्था नदेखिएको बताउनुभएको छ ।
झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित अध्यक्ष ओलीले आफ्ना निर्वाचन क्षेत्रका मतदातासँग घरदैलो कार्यक्रममा सहभागी हुँदै सरकार गठन हुनै गाह्रो भयो भने टिकाउन झन् गाह्रो हुने बताउनुभयो । ओलीले देशको अन्य क्षेत्रभन्दा झापामा आएको निर्वाचन परिणामले आफू धेरै उत्साहित भएको बताउनुभयो ।
कतिपय ठाउँमा धाँधली र सत्ताको दुरुपयोग भएको उहाँको आरोप छ । यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उहाँले बताउनुभयो । झापामा प्रतिनिधि सभामा ५ वटा क्षेत्रमध्ये ३ वटा क्षेत्रमा एमाले, १ वटामा कांग्रेस र १ वटामा राप्रपाले जित निकालेको छ ।










प्रतिक्रिया दिनुहोस्