Banner News

६ प्रदेश सभामा समानुपातिकतर्फ एमाले पहिलो नम्बरमा



काठमाडौं, मंसिर ११ । काठमाण्डौ, ११ मंसिर ।मंसिर ४ गते भएको संसदीय निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ अब केही क्षेत्रको अन्तिम परिणाम आउन बाँकी छ भने समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ।

समानुपातिकतर्फ प्रतिनिधि सभामा अहिले नेकपा एमाले ले सुरूवाती अग्रता कायम राखेको छ।

प्रदेशतर्फ पनि सातमध्ये ६ प्रदेश सभामा समानुपातिकतर्फ एमाले पहिलो नम्बरमा छ।

प्रदेश १ मा १४ लाख ५ हजार ९११ मत गणना हुँदा एमालेले ४ लाख ८५ हजार ७३४ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख १३ हजार ६५२ मत पाएको छ।

बागमती प्रदेशमा १३ लाख ६० हजार १०६ मत गणना हुँदा एमालेले ३ लाख ९६ हजार ७६९ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३ लाख ४८ हजार १४२ मत पाएको छ।

गण्डकी प्रदेशमा ९ लाख १८ हजार ८४० मत गणना हुँदा एमालेले ३ लाख ४० हजार ५३३ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३ लाख १७ हजार ५९६ मत पाएको छ।

लुम्बिनी प्रदेशमा १५ लाख ५३ हजार ६७१ मत गणना हुँदा एमालेले ४ लाख ७० हजार १२६ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख १९ हजार ७८७ मत पाएको छ।

कर्णाली प्रदेशमा ५ लाख ७७ हजार ८२९ मत गणना हुँदा एमालेले १ लाख ८३ हजार ९५०मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख ७० हजार ७५६मत पाएको छ।

सुदूरपश्चिम प्रदेशमा ७ लाख ४६ हजार २४५मत गणना हुँदा एमालेले २ लाख ४०हजार ४३८मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २ लाख २६ हजार ३४६ मत पाएको छ।

नेपाली कांग्रेसले भने मधेस प्रदेश सभामा मात्रै अग्रता लिइरहेको छ। मधेस प्रदेशमा १३ लाख ६ हजार३६० मत गणना हुँदा कांग्रेसले २ लाख ७७ हजार ८२७ मत पाएको छ भने दोस्रो स्थानमा रहेको एमालेले २ लाख ३६ हजार ६३८मत पाएको छ।